टोकियो/जापान। विश्वका सात शक्ति राष्ट्र(G7)को अध्यक्षता गर्दै आउँदो मे महिनामा हिरोशिमा जि सेभेन शिखर सम्मेलनको तयारीको क्रममा विश्व दौडाहमा रहेका जापानी प्रधानमन्त्री किशिदा फमिओ २१ तारिख युक्रेनको राजधानी किएभ पुगेका छन्।

रुसद्वारा आक्रमण सुरु गरेदेखिनै युक्रेनको पक्षमा रहेको जापान,जि सेभेन सम्मेलनको पुर्वार्धमा किएभ पुगी युक्रेनप्रति आफ्नो र जि सेभेन राष्ट्रहरुको ऐक्यवद्धता प्रदर्शन गर्न त्यहाँ पुगेको विश्लेषण गरिएको छ।

किशिदाले,त्यहाँका राष्ट्रपती भेलोदिमिर जेलेन्स्कीसंग भेटवार्ता गर्नुका साथै रुसी सेनाद्वारा गरिएको आक्रमणमा परि ४ सय भन्दा बढि सर्वसाधारणहरुले ज्यान गुमाएको भनिएको बुचा सहरको भ्रमण पनि गरे । उनले सो स्थानमा पुगी मृतकहरुको सम्झनामा मौन धारण गरि चर्च बाहिर माल्यार्पण समेत गरे ।

बुचा सहरको भ्रमणको क्रममा किशिदाले भने – “एक वर्षअघि यहाँ निर्दोष नागरिक मारिएको देख्दा संसार चकित भएको थियो।यो ठाउँको भ्रमण गर्दा मलाई साँच्चै त्यो अत्याचार प्रति आक्रोस जागेको छ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार