टोकियो/जापान। जापानको राष्ट्रिय बेसबल टोली, सामुराई जापानका खेलाडीहरु चार्टर्ड उडान मार्फत आद दिउँसो ३ बजेपश्चात नारिता विमानस्थल हुँदै जापान आईपुगेका छन् ।टोलि मंगलबार (जापानी समय अनुसार बुधबार) २०२३ को विश्व बेसबल क्लासिक जितेर विश्व विजेता बनेका थिए।

जापानलाई १४ वर्षपछि पुनः ऐतिहासिक जित हात पार्न सफल टोलीको यतिखेर विश्वभर उच्च प्रशंसा भईरहेको छ भने जापानमा त झनै हुने नै भयो । यहि क्रममा खेलाडीहरु नारिता ओर्लेपछि प्रशंसकहरुको अभूतपूर्व उपस्थिति देखियो ।

करिब ४ बजेतिर,खेलाडीहरु विमानस्थलबाट बाहिर निस्किँदै गर्दा १२ सय जनाभन्दा अधिक प्रशंसकहरुले एकै साथ हात हल्लाउँदै जापानमा स्वागत गरेका थिए


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार