टोकियो/जापान। आज जापानको कान्तो क्षेत्रमा (मार्च महिनाको २४ तारिख )पछिल्लो १० वर्षयताकै उच्च तापमान कायम भएको छ।

जापान मौसम विज्ञान एजेन्सीले दिएको जानकारी अनुसार, आज २४ तारिखमा दक्षिणबाट बहने तातो र चिसो हावाको प्रभावले मुख्यतया कान्तो क्षेत्रमा तापक्रम बढेको हो । टोकियोको मध्यभागमा ११:३० बजेको समयमा २५ डिग्री तापक्रम मापन गरिएको थियो ।अहिले १ बजेपछि पनि २३ डिग्रीको तापक्रम कायम रहेको छ ।

टोकियोमा मार्च महिनामै यत्ति धेरै तापक्रम कायम भएको हो पछिल्लो १० वर्षमा पहिलो पटक हो । यस्तै तापक्रम सम २०१३ को मार्चमा रेकर्ड भएको थियो ।

सावबिकको समय अगावै बढेको तामपक्रमले टोकियोका सबै जसो स्थानहरुमा यस वर्ष साकुरा चाँडै फुलेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार