ओसाका/जापान । जापानको ओसाकामा अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ।
विगत १० वर्ष देखि विदेशीहरुको भिसा प्रक्रियामा सहयोग गर्दै आएको डिस्कभरी सपोर्ट्ले आयोजना गरेको उक्त कार्यक्रममा करिब २१ जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । यहि वर्षबाट छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित बिद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले जापानको खान्साई क्षेत्रमा अध्ययनरत विदेशी बिद्यार्थीहरु बिच जापानि भाषामा “म र जापान” भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता (Japanese language speech contest 2023) आयोजना गरिएको डिस्कभरी सपोर्ट्का प्रतिनिधि लाक्पा दोङले बताए।

कोबे युनिभर्सिटीका फेलो रिसर्चर डाक्टर भरत नेगिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेगिले विदेशी विद्यार्थीहरुको क्षमता उजागर गर्न यस्ता कार्यक्रमले धेरै सहयोग गर्ने बताए । सोही कार्यक्रम नेसाज (NESAJ)कापुर्व अध्यक्ष कृष्ण भुषाल, विकास अधिकारी, नेपाल जापान विद्यार्थी समाजका महासचिव सन्जय कार्की , कार्यक्रम निर्णायकहरु नरेन्द्र बस्नेत, माकोतो एकेनादा, सोता मासुई रहेका थिए।

निर्णायकहरुको तर्फबाट बोल्दै नरेन्द्र बस्नेतले प्रतिस्पर्धामा जित भन्दा पनि सिकाई महत्त्वपूर्ण भएको हुँदा यस्ता प्रतियोगिताले हौसला प्रदान गर्ने बताए । कार्यक्रम सभापति एवं डिस्कभरी सपोर्टका कार्यकारी प्रमुख सोता मासुईले विदेशी विद्यार्थीहरुले जापान बसाई लामो समय सहज रुपमा होस र जापानमा भोग्नु परेका समस्या के कस्ता छ्न यस्लाई कसरी सुधार गर्न सकिन्छ र आम बिदेशी विद्यार्थीमा जापानको यथार्थ बारे जानकारी होस भने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

उक्त प्रतियोगितामा प्रथम स्थान रामकृष्ण तिवारी द्वितीय सुपना लामा दोङ, तृतिय अस्मित ढकाल र सान्त्वना डोलराज रानाभाटले हासिल गर्नु भएको थियो । प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार जापानी यन, भिसा सपोर्ट, वर्किङ सपोर्ट क्रमशः द्वितीय पुरस्कार रु. ३० हजार जापानी यन, तृतीय पुरस्कार रु १० हजार जापानी यन र तिनै जना विजेतालाई भिसा सपोर्ट, वर्किङ सपोर्ट पनि प्रदान गरिएको थियो । कार्यक्रमलाई सहज डिस्कभरी सपोर्ट्का सपना घिमिरे, निना माचुदा, होसोखावा नाचुमीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




