टोकियो/जापान। जापानका २ ठूला मोबाईल फोन सेवा प्रदायक कम्पनीहरु KDDI र Softbank ले एउटै फोनमा दुबै कम्पनीको नेटवर्क प्रयोग गर्न सकिने संयुक्त सेवाको घोषणा गरेका छन् ।

जापानमा विभिन्न समयमा मोबाईल फोन तथा ईन्टरनेट सेवामा समस्या आई उपभोक्ताहरु मर्कामा पर्ने गरेको घटनाहरुबाट पाठ सिकेर,प्रयोगकर्ताहरूले सञ्चार विफलताको अवस्थामा पनि कल तथा ईनेटरनेट प्रयोग गर्न सकुन् भनेर यस्तो सेवा सुरु गरिएको हो । यस सेवाका लागि हाल प्रयोग गरिरहेको नियमित योजनाभन्दा छुट्टै नयाँ सम्झौता आवश्यक पर्दछ । यस सेवाको लागि आधारभूत शुल्क प्रति महिना ४२९ येन तोकिएको छ।

मोबाइल फोन सेवाहरूको साथ, KDDI ले गत वर्ष जुलाईमा  झण्डै ३   दिनसम्म ठूलो मात्रामा सञ्चार विफलताको समस्या भोगेको थियो । जसका कारण प्रत्यक्षरुपमा झण्डै ४ करोड प्रयोगकर्ताहरु संचार बिहिन बन्न पुगेका थिए।

यस्ता प्राविधिक समस्याहरु सिर्जना भएको अवस्थामा अर्को नेटवर्क प्रयोग गरेर संचार गर्न सकुन् भन्नका लागि, KDDI र Softbank ले एउटा नयाँ सेवा घोषणा गरेको हो । जसले दुवै सञ्चार लाइनहरूलाई सञ्चार असफलता वा विपत्तिको अवस्थामा ब्याकअप सब लाइनहरूको रूपमा प्रयोग गर्न अनुमति दिनेछ।

यस नयाँ योजनामा न्युनतम मासिक शुल्क ४२९ येनमा ५०० मेगाबाइट सम्म ईन्टर प्रयोग गर्न सकिनेछ । साथै यस योजना सम्झौता गरेकाहरुले फोन गर्दा प्रत्येक ३० सेकेन्डमा २२ येन शुल्क तिर्नुपर्नेछ

यस योजनाको लागि नयाँ फोन नम्बर तोकिनेछ। यो सेवा KDDI ले यहि मार्च २९ तारिखबाट सुरु गर्नेछ र सफ्टबैंकले अप्रिलको १२ तारिखबाट सेवा सुरु गर्नेछ। यसका साथै दोकोमोले पनि निकट भविष्यमा नै यस्तो सेवा संचालनको लागि तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार