टोकियो/जापान। सन २०४० मा पुग्दा जापानमा करिब १ करोड १० लाख भन्दा बढी कामदारहरुको अभाव हुने विश्लेषण गरिएको छ।
सन २०४० मा हाल मानिँदै आएको बेबी बुम जुनियर पुस्ता( सन १९७१ देखि १९७४ का बिचमा जन्मिएका,हाल शसक्त कार्यक्षमता बोकेका पुस्ता)का मानिसहरु ६५ वर्ष पुग्नेछन्। त्यस पश्चात उनिहरु स्वत सक्रिय कामबाट स्वत विदा हुनेछन्। त्यसपछि जापानमा हरेक वर्ष घट्दो जन्मदरको प्रत्यक्ष प्रभाव देखिने,अनुमान सहित एकैपटक १ करोड १० लाख भन्दा बढि कामदारहरु अभाव हुने विश्लेषण गरिएको हो ।
यो विश्लेषण हालै एक प्रमुख सूचना सेवा कम्पनी रिक्रूटको अनुसन्धान संस्थानले कुल गार्हस्थ्य उत्पादन (GDP)को पूर्वानुमान र लिंग र पुस्ता अनुसार कामदारहरूको प्रतिशतको आधारमा संकलित तथ्यहरुको आधारमा गरेको थियो।
प्रीफेक्चरको आधारमा हेर्दा, टोकियो बाहेक सबै प्रिफेक्चरहरुमा कामदार अभाव देखिनेछ।यस्तो अभावको दर १८ वटा प्रिफेक्चरहरुमा २० प्रतिशतभन्दा बढि रहनेछ।टोकियो लगायतका ठूला सहर र ग्रामीण क्षेत्रमा कामदार अभावको असमान खाडल अझ बढ्नेछ।
जापानलाई ,त्यस समयमा देखिने कामदार अभावको चरम संकट टार्ने बिकल्प भनेको विदेशी कामदारहरुको सहज,व्यवस्थित र ससम्मान प्रवेशको व्यवस्था हो । त्यसैले वर्तमान श्रम मामिलाका सरोकारवाला निकायहरु त्यसतर्फ योजना बनाउनेबारे नीतिगत तहमा छलफलमा जुटेका छन्। उक्त विश्लेषणका आधारमा भन्ने हो भने जापानमा हरेक वर्ष विदेशीहरु कामदारहरुको लागि ठूलो परिमाणमा छिर्न सक्नेगरि ढोका खोल्न जरुरी छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




