चिबा/जापान। जापानको चिबा शहरको एक एयर कन्डिसनर जडानको काममा संलग्न कम्पनीले करिब २ करोड ४० लाखा कर छली गरेको अभियोग लागेको छ।

बढ्दो गर्मीका कारण मृत्युहुनेहरुको संख्या बढ्दै जाँदा,एयर कन्डिसन जडान गर्ने ग्राहकहरु बढेसंगै उक्त कम्पनीको व्यापार अत्याधिक बढेको थियो।तर उक्त कम्पनीले आफ्नो व्यापारमा वास्तविक बिल प्रयोग नगरि फर्जी बिल प्रयोग गरि आम्दानी लुकाएर कर छलि गरेको टोकियो क्षेत्रीय कर व्युरोले अनुमान गरेको छ।

यस घटनामा , चिबा शहरको वाकाबा वार्डमा रहेको विद्युतीय निर्माण कम्पनी “स्माइल पार्टनर” र सो कम्पनीका अध्यक्ष ३१ वर्षिया युयालाई कर छलिको अभियोग लगाईएको छ।

सम्बन्धित व्यक्तिहरूका अनुसार यो कम्पनीले घरमा एयर कन्डिसनर जडानको कामबाट उल्लेख्य आम्दानी गरेको थियो । तर काल्पनिक खर्च अभिलेख गर्ने विधिको प्रयोग गरि कम्पनीको आम्दानी न्यून देखाई कम कर तिरेको आँकलन गरिएको छ।

टोकियो क्षेत्रीय कर ब्यूरोको निरीक्षण विभागले कम्पनीले सन २०१९ को सेप्टेम्बर सम्मको २ वर्षमा १६ करोड बराबरको कर योग्य आम्दानीबाट २ करोड ४० लाख येन कर छलेको आरोप लागाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार