जापानको ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवारले अपिल गरे संगै खोजी कार्य तिब्र पारिएको छ। सोही अनुसार जापानिज प्रहरी लगाएत जापानमा रहेको नेपाली राजदूताबास एवं नेपाली संघ संस्थाले आ-आफ्नो कृपाशिल बढाएका छन्। जापनिज प्रहरीले हराई रहेकी आरतीको वायो डाटा , फोटो सहितको विवरण सार्वजनिक गरेको छ। केही हप्ता देखि हराईरहेकी नेपाली चेली जस्को सम्पूर्ण बिबरण जापान प्रहरीले सेयर गरेको छ । सबैको फेसबुकको भित्ता – भित्तामा तथा सामाजिक सञ्जालमा पुर्याउ ,कसैले कतै देख्न सक्छन एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले भने।
आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनि जापानको ओशाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १- ३ – २ मा रहदैं आएकी बताईएको छ। २३ बर्षिय आरतीको स्थायी घर चितवनको भरतपुर महानगर पालिका वर्डा नं १२ हो । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुना साथ खबर गर्न अनुरोध गरेका छन् । उनिहरुलाई नेपालमा ९८११ २४१९१२ र ९८२५२६६४८९ मा सम्पर्क गर्न सकिने छ।
आरतीको खोजी कार्यमा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी शुरु देखि कृयाशिल छिन्। सबै तिर सूचनाको आदान- प्रदान भई रहेको छ उनले भनिन। यस अघि जाईरो कार्ड हराएर , जाईरो कार्ड बनाउन गएकी र त्यसपछि आरती हराएकी भन्ने सत्य नभएको बताइएको छ। आरतीले साईकल लिएर गएको दृश्य पनि सिसि क्यामेराबाट प्रहरीले पाएको र अनुसन्धान तिब्र पारिएको उपाध्यक्ष अधिकारीले बताईन।
पछिल्लो जानकारी अनुसार हराई रहेकी आरती संगै उनिहरुका साथीहरु मार्च १६ तारिक आफ्नो कोठामा नभएको र १७ तारिक सबै आफ्नो – आफ्नो कोठामा फर्किदा आरती पहिलानै कोठामा पुगिसकेकी र पछि आरतीले काम छ भन्दैं बिहानै कोठाबाट निस्किएकी आरतीको साथीहरुले भनेको र अनुसन्धान तिब्र भईरहको एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारीले बताईन । सबै कुरा त्यसै भन्न नमिल्ने हुदाँ सत्य तथ्य संगै छिट्टैं पत्रकार सम्मेलन गरिने उनले भनिन। मार्च १६ तारिक ओसाकाको नाम्बाको पुल मुनि सांगितिक कार्यक्रममा राति करिव १० वजे आरती लगाएत नेपालीहरु सहभागी भएका र कोठामा जाने ट्रेन नभएको कारण सबै त्यतै बसेको खुल्न आएको अधिकारीले बताईन ।
आरती भेटिएकी, पुलिसमा भएकी भन्ने हल्ला मात्र हो, अहिले सम्म आरती भेटिएकी छैनन् उनले भनिन । जापानमा रहेको नेपाली दूताबास लगाएत बिभिन्न नेपालीका संघ – संस्थाहरु संग समन्वय गरेर खोजी कार्य भई रहेको छ। आरती पढ्ने कलेज , प्रहरी ,आरतीका नजिकका साथीहरु सबै संग दिनकै धेरै पटक सम्पर्क गरि खोजिनिति गर्ने काम भई रहेको छ उपाध्यक्ष अधिकारीले भनिन।
त्यस्तै चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले पनि सबै तिर समन्नय गरि खोलतलास भई रहेको बताए ।
यस्तो समस्या बिदेशमा जो कोहीलाई पनि आउन सक्छ , एक जुट भएर समस्याको समाधान गर्न पर्छ । त्यस्तै ओसाकामा रहेको चितवन समाज क्षेत्रीय समिति पनि खोजी कार्यमा कृयाशिल छ उनले भने। जापानमा नेपालीको संख्या बढेसँगै बिभिन्न दुर्घटना, आत्माहत्या , झैंझगडा एवं हराउने घटना बढे पछि नेपाली समुदायमा चिन्ता बढेको छ। पहिल्लो तथ्याङ्ग अनुसार जापानमा नेपालीहरुको संख्या १ लाख ३० हजार नाघेको छ।
(नागोयाबाट कविकिरण न्यौपानेको संयोजनमा प्रकाशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




