टोकियो/जापान । जापानमा यो साकुरा सिजनमा हामीले यसबारे थुप्रै सामग्रीगरु प्रकाशन गरिसकेका छौँ ।  आज भने अर्को एउटा चाख लाग्दो साकुराको जानकारी प्रस्तुत गर्दैछौँ । जो १ हजार वर्षभन्दा बुढो भैसकेको मानिन्छ । र पनि अझै उस्तै आकर्षित छ । अझै फुलिरहेको छ। ।

१ हजार वर्ष बुढो साकुरा – मिहारु थाकिजाकुरा( 三春滝桜)
जापानको फुकुसिमा प्रान्तमा पर्ने मिहारु भन्ने स्थानमा रहेको मिहारु थाकिजाकुरा सबैभन्दा पुरानो साकुराको बोट हो भन्ने गरिन्छ । जापानी भाषामा थाकि( 滝) भनेको झरना र साकुरा( 桜) भनेको राष्ट्रिय फूलको नाम हो । यसैले यसलाई शाब्दिक अर्थमा भन्नुपर्दा झरना जस्तै देखिने साकुरा हो । तस्बिरमा हेर्नुहोस्

यो जापानको सबैभन्दा ठूलो साकुराको बोट पनि हो । र यहाँ अप्रिल महिनाको पहिलो १० दिन ( यो फूल फुल्ने समय) मा मात्रै ३ लाख पर्यटकहरु पुग्ने गरेका छन् । जो स्थानिय पर्यटन तथा समग्र व्यवसायको आम्दानीको राम्रो स्रोत बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार