टोकियो/जापान। एनआरएनए जापान तथा क्रियाशील संघ/संस्थाहरुको संयोजनमा आज एकैदिन जापानका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए जापानको केन्द्रिय तथा क्षेत्रीय कार्यसमितिहरुको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा टोकियो,फुकुओका,ओकिनवा,ओसाका,नागोया,नागानो तथा निगातामा गरि कुल १५० जनाभन्दा बढिले रक्तदान गरेका छन्।

एनआरएनए जापानकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक संगिता अधिकारी सुवेदीका अनुसार,टोकियोमा ५३ जना,निगातामा १५ जना,फुकुओकामा २० जना,ओकिनवामा २१ जना,ओसाकामा १६ जना,नागोयामा २९ जना र नागानोमा ३ जनाले रक्तदान गरेका छन् ।

उपस्थित संख्या भने धेरै भएपनि,निर्धारित समय तथा अन्य विविध कारण धेरै व्यक्तिहरुले ईच्छुक भएर पनि रक्तदान गर्न पाएका थिएनन्।

टोकियोमा आयोजित रक्तदान कार्यक्रममा भने जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सूवेदी तथा टोकियो रेडक्रस सोसाइटीका अधिकारीहरुको समेत सहभागिता रहेको थियो। टोकियोमा सम्पन्न कार्यक्रममा भने ३ जना जापानी नागरिकहरुले पनि रक्तदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार