टोकियो/जापान। दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न भएको छ ।

आईतबार टोकियोको बारकाडे गुडटाईम्समा सम्पन्न,चौथो अधिवेशनले रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

संस्थाको अध्यक्ष,महेश खडकाको शभापतित्वमा सम्पन्न अधिवेशनमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने,ओएनएफ जापानका अध्यक्ष कुल चन्द्र खरेल,एनआरएनए आईसिसि क्षेत्रीय संयोजक ददिवल खड्का,एनआरएनए आईसिसि सदस्य नर बहादुर थापा एनआरएनए जापानकी उपाध्यक्ष,संगिता अधिकारी सुवेदी,एनबिए जापानका अध्यक्ष बिजय थकाली,एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ,नेफिन जापानका वरिष्ट उपाध्याय श्री गुरुङ,तामाङ  समाज जापानका अध्यक्ष कर्साङ तामाङ,नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतम,पुर्वि नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष अमित गौतम,दोलखा समाज जापानका संरक्षक नवराज थापा,कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ,नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष मोहन घले लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

निर्वाचन समिति संयोजक लोकराज चौलागाईका अनुसार,नव गठित कार्यसमितिको अध्यक्षमा रोशन थापा,उपाध्यक्ष हरुमा महेन्द्र राउत र श्री खड्का,महासचिव नारायण खड्का
,सचिवमा बिनय गुरुङ,कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि समाजको नयाँ कार्यसमितिको सदस्यहरुमा, अरुण श्रेष्ठ, अनुप खड्का,कैलाश बमजम तामांग,कुमार खड्का,दिपेन्द्र कार्की,बसन्त तामांग,सरोज बस्नेत,गोपी कार्की,पार्शुक पोखरेल,बिष्णु खड्का,दिपक खड्का,पासांग शेर्पा तोता पदेन सदस्यमा अन्जान बस्नेत ( दोलखा समाज जापान कान्साई क्षेत्रिय समिति संयोजक)लाई चयन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार