टोकियो/जापान। गत महिना, टोकियोको उएनोमा रहेको बहुमूल्य धातु तथा गहनाका पसलमा भएको १० करोड येनभन्दा बढिको लुटपाटमा संलग्न रहेको अभियुक्त मध्ये एकलाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उक्त लुटपाटमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको यामानाशी प्रिफेक्चरको फुएफुकी नगरमा रहने,बेरोजगार २० वर्षिय अयुमु नाकामुरालाइ पक्राउ गरिएको हो । यद्यपी अभियुक्तले अपराध अस्विकार गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

महानगरीय प्रहरीसा अनुसार गत महिना दुईजनाले ताइतो वार्डको युएनोमा रहेको बहुमूल्य धातुको पसलमा पसेर ग्राहक र कर्मचारीहरुलाइ चक्कु र तथा अन्य हतियारहरु देखाएर धम्की दिएर शोकेस तोडफोड गर्ने तथा विलासी महँगा घडीहरु लुटेका थिए।

ग्राहक तथा कर्मचारीलाई कुनै चोटपटक त भएन तर क्षतिग्रस्त वस्तुको अनुसन्धान गर्दा करिब १० करोड येन बराबरका ४५ वटा घडी चोरी भएको पाइएको थियो ।

त्यस सयममा लुटेराहरु दुबै जना भागेर नजिकै पार्क गरिएको ट्रकमा चढेर भागेका थिए । महानगरीय प्रहरी विभागले सिसि क्यामेराको फुटेज अनुसन्धानका आधारमा आरोपि मध्ये एकलाइ पक्राउ गरिएको हो ।तर अनुसन्धानका क्रममा ति पक्राउ परेका व्यक्तिले आफूले त्यसो नगरेको भन्दै आरोप अस्वीकार गरेको बताइएको छ ।

निजको घरमा त्यतिबेला लगाएको कपडा भेटिएको भन्दै महानगरीय प्रहरी महाशाखाले थप अनुसन्धान र अर्का व्यक्तिको अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार