टोकियो/जापान। म्यानमारमा रिपोर्टिङको क्रममा
गोली हानेर मारिएका पत्रकार नागाई केन्जी को हो भन्ने विश्वास गरिएको भिडियो क्यामेरा फिर्ता प्राप्त भएको शोक सन्तप्त परिवारले पुष्टि गरेको छ ।

परिवारले,अप्रिल ३० मा आफ्नो गृहनगर एहिमे प्रिफेक्चरक इमाबारी सहरमा रहेको नागाईको समाधिस्थलमा गएर फर्किएसंगै उक्त क्यामेरा फिर्ता प्राप्त भएको जानकारी गराएको हो ।

इमाबारी सहरका पत्रकार नागाइको सन २००७ को सेप्टेम्बरमा म्यानमारको याङ्गुनमा सैन्य शासनको विरोधमा भएको ठूलो प्रदर्शनलाई कभर गर्ने क्रममा सुरक्षा बलको गोली लागेर मृत्यु भएको थियो । नागाईले त्यस समय खिचिरहेको भिडियो क्यामेरा र टेप लामो समयदेखि हराएको थियो, तर अप्रिल २६ मा स्थानीय सञ्चारमाध्यमले उनीहरूले प्राप्त गरी शोकसन्तप्त परिवारलाई फिर्ता गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार