टोकियो/जापान । तपाई कत्तिको रुने गर्नुहुन्छ ? तपाईँको आखाँबाट आँशु नझरेको कति भयो ? तपाईलाई थाह नहुनसक्छ, पछिल्ला वर्षहरुमा जापानमा समूहमा बसेर रुने एक फरक अभियान फस्टाउँदै गएको छ । किनकी रुनु पनि स्वास्थ्यको लागि फाईदा जनक हुन्छ।
रुई खाचुー涙活( आँशु को खोजी) यो शब्द जापानीहरु माझ लोकप्रिय बन्दै गएको छ । यो यस्तो अभ्यास हो, जसले मानिसहरुलाई रुन मद्दत गर्दछ । जस्तै वियोगान्त चलचित्र देखाउने तथा कथाहरु सुनाउने र रुलाउने । रोएपछि मानिसहरुको मनमा भएको तनाव हटेर ताजा अनुभुत गर्ने यो अभियानको निष्कर्ष छ । खासमा मानिसले सबैभन्दा पहिले जानेको चिजनै रुनु हो, यद्यपी ठूलो हुँदै गएपछि रुनुलाईलाई कमजोरी पना या गर्न नहुने कुराको रुपमा सिकाईन्छ र मानिसहरु मनभरी पिडा भएपनि आँशु झार्नबाट डराउँछन् र मन मनै गुम्सिएर अथाह तनावको भुमरीमा फस्न पुग्दछन् । तर त्यो पिडा महसुस भएको बेलामा निर्धक्कसंग रुने हो भने त्यसपछि मानिस ताजापन महसुस गर्न सक्दछ । र यो रुई खाचु नामक सामाजिक अभियानले त्यहि आँशुको खोजी गर्ने गर्दछ ।
अझ भनौँ, रुनु गलत कुरा होईन, यसले मन हल्का बनाउँछ र मानिसलाई पुन: अन्यकर्म गर्नका लागि स्फुर्ती दिन्छ । त्यसैले कहिले काहीँ आँशु झार्नु आवश्यक छ ।
आजकाल जापानमा यसरी रुन मद्दत गर्ने प्रशिक्षक तथा प्रशिक्षण केन्द्रहरुनै पनि खुलेका छन् । टोकियो लगायतका सहरहरुमा समय तालिका छुट्टाएर रुन भेला हुने जमातहरु बढ्दै गरेको जापानी अनलाई मिडियाहरुमा सामाचार प्रकाशित भएका छन् ।
त्यस्तै प्रशिक्षक मध्ये एक हुन योशिदा हिदेफुमी, जो जापानमा मानिसहरुलाई रुन सिकाई रहेका छन् । उनको बारेमा केहि समयअघि बिबिसी नेपाली सेवाले पनि एक सामग्री प्रकाशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




