टोकियो/जापान ।जापानमा  यो  वर्ष मे १४ तारिख आमा दिवस(母の日)परेको छ  । जापानको आमा दिवस( 母の日) सांस्कृतिक या धार्मिक पाटो भन्दा पनि व्यापारिक पाटोबाट भने अत्यन्तै धुमधान मनाईन्छ ।

मनाउने तरिका भने, भर्खरै सकिएको हाम्रो मातातिर्थ औँशी(आमाको मुख हेर्ने दिन)जस्तै हो । आमाप्रति कृतज्ञ हुने, आमालाई फूल तथा उपहार दिने गरिन्छ । जापानमा आमा दिवस आउनु १/२ महिना अघिदेखिनै स्पेशल फूलका गुच्छा तथा उपहारहरु बुकिंग गर्न पाईन्छ । जापानीहरु यसलाई एउटा महत्वपूर्ण पर्वकैरुपमा मनाउँछन् ।

आमा दिवसलाई विशेष बनाउन,राजधानी टोकियो संगै जोडिएको चिबा प्रिफेक्चरको  एउटा ट्रेन स्टेशनलाई यसपाली गज्जबको नाम प्रदान गरिएको छ । यो चित्र हेर्नुहोस् ।

यो माथिको चित्रमा लेखिएको ईचिकावा मामा(市川ママ) स्टोसनमा आमा दिवसको अवसरमा आमाहरुप्रति कृतज्ञता व्यक्त गर्ने भाव प्रस्तुत गर्न मामा( जापानीहरु आमालाई बोली चालीमा मामा भन्ने गर्दछन् खासगरी बालबालिकाहरुले मामा ( आमा) र पापा( बुबा) सम्बोधन गर्ने गर्दछन् ) लेखिएको हो । त्यसो त चिबाको ईचिकावा स्थित उक्त स्टेशनको नाम साविकमा पनि ईचिकावा मामा( 市川真間) स्टेसन नै भन्ने गरिन्छ । तर यो खान्जीमा लेखिएको मामालाई काताकाना साँच्चैनै आमाकै अर्थ लाग्ने गरि लेखिएको मात्रै हो ।

तर, यो केईसेई ईलेक्ट्रिक लाईनले आमाहरुको सम्मानमा गत  मे १४  तारिखसम्म मामा (ママ) लेखिएकै नाम बोर्ड राख्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार