टोकियो/जापान। डिजिटल मन्त्री कोनोले,माईनम्बर कार्ड मार्फत ब्यक्तिगत सुचनाहरु चुहावट भएको घटनाहरु एक पछि अर्को बाहिरिएपछि, अपरेटिङ कम्पनीलाई सेवा स्थगन गरि,अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।

केहिदिन यता माईनम्बर कार्डबाट आवास प्रमाणपत्र जारी गर्दा तथा ईन्स्युरेन्स कार्ड प्रयोग गर्दा,व्यक्तिहरुको सुचना चुहावट हुने समस्या देखिएको छ। हालसम्म ७ हजार भन्दा धेरै त्यस्तो समस्या भएको पुष्टि भईसकेको छ।

डिजिटल विभागका अनुसार कन्विनिएंस स्टोरहरुमा रहेको मेसिनबाट माई नम्बर कार्ड प्रयोग गरी निवासी कार्ड तथा परिवार दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गर्दा अर्को व्यक्तिको प्रमाणपत्र जारी हुने गरेको छ।

मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमा डिजिटल मन्त्री कोनोले प्रणालीमा खराबी भएको भन्दै यसको कारण पत्ता लगाउन र पुनरावृत्ति हुन नदिन प्रणालीलाई स्थगन गरेर,पुर्णरुपमा सुधार भएपछि मात्रै संचालनमा ल्याउन निर्देशन दिएको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार