Japan's Prime Minister Fumio Kishida speaks in front of the Cenotaph for Atomic Bomb Victims and the Atomic Bomb Dome in the Peace Memorial Park during the Presidency Press Conference of the G7 Hiroshima Summit in Hiroshima, western Japan May 21, 2023, in this handout photo released by Ministry of Foreign Affairs of Japan. Ministry of Foreign Affairs of Japan/HANDOUT via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. MANDATORY CREDIT.

टोकियो/जापान। जि ७ हिरोशिमा शिखर सम्मेलन अत्यन्तै उपलब्धि मुलक र सुरक्षित तवरले सम्मपन्न गराएसंगै उनको सरकारप्रति घरेलु समर्थन बढ्दै गएपछि जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सायद केही साताभित्रै तुरुन्तै चुनाव गराउने आँकलन गरिएको छ।

सन् २०२५ सम्ममा संसदको अधिक शक्तिशाली तल्लो सदनका लागि चुनाव नहुने भएतापनि किशिदा आफ्नो पुनः निर्वाचित हुने र प्रधानमन्त्रीको पद कायम राख्न अर्को गिरावट आउनु अघि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) मा आफ्नो शक्ति बढाउन उत्सुक रहेको विश्लेषण गरिएको छ।

वासेदा विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक एको हिनो भन्छन् -“उनी यो सबै भन्दा राम्रो समयको सदुपयोग गर्न चाहन्छन्,एलडिपीको नेतृत्वमा राम्रो नतिजा लिइ, पुनः यस पछि पनि प्रधानमन्त्री बन्नका लागि,अहिले उनको क्षमताप्रति विश्वास बढेको समयलाई उपयोग गरिहाल्ने सोचमा रहेको अनुमान गरिएको छ।”

तर, एकथरी विश्लेषकहरुले,किशिदाले आफ्नो सरकारले घट्दो जन्मदरसँग लड्न र रक्षा खर्च बढाउने उपायहरू पारित नगरेसम्म चुनावको घोषणा नगर्ने अपेक्षा पनि गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार