टोकियो/जापान। जापानको सेभेन बैंकले सन २०२४ को मार्चसम्ममा देशभरका करिब २०,००० एटीएमहरूमा फेसियल रिकग्निसन(फेस आईडी- अनुहार पहिचान प्रविधी) प्रयोग गरेर ग्राहकहरूलाई नगद जम्मा गर्न र झिक्ने सुविधा प्रदान गर्ने बताएको छ।

अध्यक्ष मासाकी माचुहासीका अनुसार बैंक तथा एटिएमहरुमा यो सेवा जापानमै पहिलो हुनेछ। सेभेन-इलेभेन जापानको मुल कम्पनी सेभेन एन्ड आई होल्डिङ्स अन्तरगतको बैंकले सुरुमा आफ्नो करिब २७ लाख ५० हजार खाता बाहकहरुलाई फेसियल रिकग्निसन (फेस आईडी) प्रयोग गर्ने सुविधा दिनेछ।पछि,विस्तारै अन्यत्र पनि यो सुविधा बिस्तार गरिनेछ।

लगभग १३ हजार यानेकी कुल एटिएमको आधा भन्दा बढि सेभेनबैंकका एटीएमहरू पहिले नै फेसियल रिकग्निसन (फेस आईडी) प्रविधि जडित छन्। यस आर्थिक वर्षमा थप ६,००० मेसिनमा नयाँ सेवाको तयारीका लागि जापानी प्रविधि कम्पनी एनईसीसँग सन् २०१९ मा संयुक्त रूपमा विकसित गरिएको अपडेटेड मोडेलमा प्रतिस्थापन गरिने सम्झौता भईसकेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार