टोकियो/जापान ।टोकियोमा भोली आईतबार (मे २८ तारिख)आयोजना हुने लोकगीत र आधुनीक गीतका लोकप्रिय कलाकारहरुको विशेष सांगितिक प्रस्तुती रहने रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
लोक दोहोरी तथा आधुनीक गीतका लोकप्रिय गायक बिमलराज क्षेत्री सहित चर्चित गायक कुलेन्द्र विश्वकर्मा, पछिल्लो समय धोकेवाज गीत मार्फत छुट्टै परिचय बनाएकी चर्चित गायीका एलिना चौहान र लोक दोहोरी गायिका सुस्मिता क्षेत्रीले आईतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्यूजिक एक्सप्रेसमा आफ्ना पुराना तथा नयाँ लोकप्रिय दुई दर्जन बढि गीत गाउने भएका छन् ।
आयोजक पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाका अनुसार रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रममा लोकदोहोरी सम्मान गरिने तयारी छ । साथै कार्यक्रमको प्रचारप्रसार, म्यूजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम सकिएको छ ।
पर्वत समाज जापानका प्रवक्ता रबिन शर्माका अनुसार,सांगितिक कार्यक्रममा लोकदोहोरी सम्मान स्वरुप जापानबाट नेपाली लोक तथा दोहोरी गीत, गायन तथा सृजनामा विशेष योगदान पुर्याउँदै आएका तीन जना श्रष्टालाई विशेष सम्मान कार्यक्रम पनि राखिएको छ।
यसरी सम्मानित हुन लागेकाहरुमा गायक तथा सर्जक रामकृष्णबम मल्ल, लोक दोहोरी गायक तथा सर्जकद्धय युवराज आचार्य र सुर्य खड्का रहेका छन् । उनिहरुलाई पर्वत समाज जापान लोक दोहोरी गीत संगित सम्मान २०८० बाट सम्मानित गरिने शर्माको भनाई छ ।
जापानमा रहेका व्यवसायी, संघसंस्थाका पदाधिकारीहरु सहित समाजसेवी लगायत सबैबाट अपेक्षा गरे अनुसार राम्रो साथ, सहयोग र समर्थन पाएको बताउँदै आयोजक संस्था पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेले कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




