टोकियो/जापान। ताईफुका कारण हिजो (२ तारिख) वाकायामा प्रिफेक्चरमा ट्रेन संचालन बन्द भएपछि, होटलमा राखिएका ट्रेनका यात्रुहरुलाई म्याद सकिएको आपतकालिन् खाना वितरण भएको पुष्टि भएको छ।
जेआर वेस्टले संचालन स्थगन भएका एक्सप्रेसबाट होटलमा सारिएका यात्रुहरूलाई वितरण गरिएको आपतकालीन खानाहरुको म्याद सकिएको भेटिएको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । यद्यपी,ती खाना खाएका मध्ये अहिलेसम्म कुनै पनि यात्रुले स्वास्थ्यमा समस्या देखिएको उजुरी गरेका छैनन् ।
जेआर वेस्टका अनुसार २ तारिखमा शिन-ओसाका स्टेसनबाट छुटेको सीमित एक्सप्रेस “कुरोसियो” भारी वर्षाका कारण वाकायामा प्रिफेक्चरको केनान शहरको कामोगो स्टेशनमा ८ घण्टा रोकिएको थियो। जसले गर्दा वाकायामामा ४७ यात्रुहरुलाई होटलमा राखिएको थियो।
होटलले यात्रुहरूलाई प्याकेजिङवाला भात तथा बिस्कुट जस्ता आपतकालीन खानाहरू प्रदान गरेको थियो। तर आज, यात्रुहरूले उनिहरुलाई दिइएको खानाको गत वर्षको नोभेम्बरमै म्याद सकिएको भेटेको बताएका हुन् ।
मिति सकिएको खाना दिएको भन्दै ४७ जना मध्ये ४७ जना यात्रुहरुले वितरण गर्ने इन्चार्जले सम्पर्क गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




