टोकियो/जापान। स्याङ्जा समाज जापानको वृहत बार्बेक्यु कार्यक्रम आईतबार,टोकियो स्थित कोगानेइ पार्कमा सम्पन्न भएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान एवं भुतपुर्व पदाधिकारीहरु, आदिवासी जनजाति महासंघ जापान, थकाली सेवा समिति जापान, तमु धीं जापान, बागलुङ समाज, धादिङ समाज, गलकोट समाज, नेपाल जापान फुटवल एसोसिएशन, पन्चासे समाज, घान्द्रुक समाज, दुधपोखरी समाज,धादिङ समाज जापान, नेपाली जनसम्पर्क समिति लगाएत धेरै संघ संस्थहरु र जापानमा स्थापित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङका अनुसार, विशेष गरि जापानमा बसोबास गर्ने स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो जमघट भएको कार्यक्रममा २ सय जनाभन्दा धेरै व्यक्तिहरुको उपस्थिति रहेको थियो।
अनौपचारिक रमाईलो भेटघाट तथा खानपिनको कार्यक्रमको बिचमा आयोजित एक औपचारिक कार्यक्रमका बिच जापान भ्रमणमा रहेका, स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नं. ८ निवासी गण्डकी प्रदेश भलिवल प्रशिक्षक रमेश केसी र स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नं. ७ निवासी नेपाल भलिवल संघ गण्डकी प्रदेश अध्यक्ष नविन कुमार गुरुङलाई सम्मान गरिएको थियो।
त्यस्तै,छैठौं अधिवेशनमा निर्वाचन मणडलको महत्वपूर्ण भूमिका निर्वाह गरि सर्वसम्मत कार्यसमिति चयन गराउने निर्वाचन मण्डलका संयोजक पिताम्बर चापागाई र निर्वाचन समिति सबैलाई धन्यवाद-पत्र प्रदान गरियो। यस्तैगरि,पाँचौं कार्यसमितिका अध्यक्ष धुर्व ज्ञवालीलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाले वधाई पत्र पनि दिइएको थियो भने,स्थापना कालदेखि समाजका हरेक पम्प्लेट र पोष्टरहरु बनाउन सहयोग गर्ने 24*6 printpro लाई पनि प्रसंश प्रदान गरिएको थियो।
समाजका अध्यक्ष चित्र गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा,संस्थापक अध्यक्ष जिवन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने,महासचिव सागरमणी न्यौपानेले संचालन गरेको कार्यक्रममा, संस्थाका वरिष्ठ उपाध्योव वेद कार्कीले स्वागत मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




