गिफु/जापान। आज(१४ तारिख)बिहान जापानको गिफु प्रिफेक्चरको गिफु सहरमा रहेको ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको फायर प्रशिक्षणको क्रममा एक १८ वर्षिया सेल्फ डिफेन्स फोर्सका जवानले अन्धाधुन्ध गोलि प्रहार गरेको घटनामै घाईते भएका ३ जना मध्ये २ जनाको मृत्यु भएको छ । अर्का एक जनाको उपचार भइरहेको छ।

गिफु प्रीफेक्चरल प्रहरीका अनुसार मृत्यु हुने दुईजना २५ वर्षीय र ५२ वर्षीय पुरुष ग्राउन्ड सेल्फ डिफेन्स फोर्स मोरियामा
क्याम्पकै सदस्यहरु थिए।अर्का एक घाइते २५ वर्षीय पुरुष पनि सोही क्याम्पकै हुन्।

घटनास्थलबाटै हिरासतमै लिइएका ति गोलि चलाउने अभियुक्तले,५२ वर्षिया प्रशिक्षक (जसको मृत्यु भइसकेको छ)लाई लक्षित गरेर गोलि प्रहार गरेको बयान दिएको बताईएको छ। यद्यपी,त्यस घटनाका कारण तथा पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप जानकारी आइसकेको छैन।

अहिलेसम्मको अनुसन्धानको क्रममा ति १८ वर्षिया जवान र,५२ वर्षिया प्रशिक्षक बिच केहि रिसइवी रहेको हुनसक्ने देखिएको छ।

जापानको गिफुमा सेल्फ डिफेन्स फोर्सका एक सदस्यद्वारा गोली प्रहार,३ घाईते १ को अवस्था गम्भीर


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार