टोकियो/जापान। जापानमा बस्नेहरुलाई त थाह नै छ, कि जापानका अधिकांस कुराहरु विश्व समुदायलाई अचम्मित पार्ने खालका हुन्छन् ।यस्तै जापानमा एउटा जंगल छ,जसलाई विश्वभर ‘सुसाइड फरेस्ट’ भनेर चिनिन्छ । यो विश्वास गरिन्छ कि मानिसहरु त्यहाँ आत्महत्या गर्न जान्छन् ।

जापानको यामानासी प्रिफेक्चरमा पर्ने आओकिगाहारा नामको जंगललाई मानिसहरुले अहिले सुसाई फरेस्टको नामले चिन्दछन्। जापानको अग्लो हिमाल फुजीको उत्तर-पश्चिमी काँखमा रहेको यस जंगल खासमा,सुन्दर प्राकृतिक पहाड हो। यो पनि माउन्ट फुजीको ज्वालामुखी बिस्फोटनका क्रममा निस्किएका लाभाहरुको थुप्रोबाट बनेको पहाडी भूभाग हो ।

यस जंगलमा,पुगेपछि,मानिसहरु आत्महत्या गर्न उत्साहित हुने गरेको कथित विश्वास छ। र यहाँ अहिलेसम्म सयौँ मानिसहरुले आत्महत्या गरिसकेको बताईन्छ। त्यसो त यो जंगल कुनै अनकन्टार, मानिसहरु पुग्नै नसकिने ठाउँ भने होईन। बरु यो त व्यवस्थित पदमार्ग सहितको जंगल हो। जो जापानी पर्यटन स्थल मध्ये नै पर्दछ।

यद्यपी,यो जंगलमा आत्महत्याका घटनाहरु भईरहेका कारण सरकारले प्रवेशमद्वारहरुमै चेतावनीका बोर्डहरु टाँसेको छ । उक्त ठाउँमा ‘आफ्ना छोराछोरी र परिवारको बारेमा राम्ररी सोच्नुहोस्’, ‘तपाईंको जीवन तपाईंको आमाबाबुको बहुमूल्य उपहार हो’ जस्ता भनाईहरु टाँसिएका छन् ।

३५ वर्ग किलोमिटरको ठूलो क्षेत्रमा फैलिएको छ यस जंगल, यति ! बाक्लो छ कि यसलाई रुखको सागर पनि भनिन्छ । यो जंगलबाट बाहिर निस्कन निकै गाह्रो छ ।यसैले मानिसले बाटो बिर्सेर डरले आफ्नो ज्यान लिने गरेको पनि जनविश्वास छ ।


भनिन्छ, यस जंगलमा कम्पास वा मोबाइल जस्ता उपकरणले पनि काम गर्दैनन् । यति मात्र होइन, कम्पास सुईले पनि यहाँ सही बाटो देखाउँदैन। यसको कारण भनिएको छ कि ज्वालामुखीबाट निस्कने लाभाले माटोको रूप लिएको छ, जसमा फलाम धेरै मात्रामा रहेको छ। चुम्बकीय फलामको कारण, कम्पास सुई सधैं चलिरहन्छ र सही बाटो देखाउँदैन। र मोबाइलमा पनि नेटवर्क देखाउँदैन। जसका कारण कोही यस जंगलमा फसेमा जंगल बाहिर सम्पर्क गर्न गाह्रो हुन्छ । क त्यहि अलमलिएर मृत्यु हुनसक्दछ।

एकातिर उक्त जंगलको सुसाईड फरेस्ट नामले विश्वभर चर्चा हुन्छ भने अर्कोतिर सो जंगलको रहस्य बुझ्न चाहने पर्यटकहरुको आकर्षण पनि बढ्दो छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार