काठमाण्डौ। चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागले,बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।
विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको तथ्याङ्क घटेको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कुल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापार घटेसँगै गएको वर्षको तुलनामा व्यापार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।
यो अवधिमा नेपालले कुल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी देश भारतसँग मात्र यो अवधिमा आठ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ ।
त्यस्तै चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जस कारण चीनसँगको व्यापार घाटा दुई खर्ब ८४ करोड रुपैयाँ बराबर छ ।नेपालले धेरै व्यापार घाटा बेहाेरेका देशहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
नेपालले धेरै व्यापार नाफा गरेका देशमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख, नर्वेसँग १० करोड १६ लाख र अल्जेरियासँग सात करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ ।
जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ३७ अर्ब ६० करोडको डिजल, ६१ अर्ब ३८ करोडको पेट्रोल र ५४ अर्ब ३२ करोडको एलपी ग्यास रहेको छ । त्यस्तै ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ ।
यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन् । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै १० अर्ब २१ करोड रुपैयाँको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोड रुपैयाँको प्रशोधित सोयाबिन तेल र सात अर्ब ७० करोड रुपैयाँको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




