Å@ÇQÇOÇQÇSîNÇVåéDžLJî≠çsÇ∑ÇÈï˚å¸Ç≈í≤êÆÇµÇƒÇ¢ÇÈÅiè„Ç©ÇÁÅjÇPñúâ~éDÅAÇTêÁâ~éDÅAêÁâ~éDÇÃïñ ÇÃå©ñ{ÅÅÇSåéÅAì˙ã‚ñ{ìX

टोकियो/जापान। तपाईलाई थाह नै छ । जापानमा अर्को वर्ष नयाँ नोट आउँदैछ ।यि कुराहरु पनि थाह पाईराख्नुस् है ।

यो माथि देकाईएको,टोकियोमा रहेको बैंक अफ जापानको मुख्यालयमा खिचिएको तस्बिर हो । त्यो सन् २००४ पछिको पहिलो नवीकरणमा जुलाई २०२४ मा जारी गरिने नयाँ नोटका नमूनाहरु हुन् ।

१०००० येनको नोटमा जापानी पुँजीवादका पिता भनेर चिनिने इइची शिबुसावाको अनुहारमा हुनेछ। नयाँ ५,००० येनको नोटमा महिला उच्च शिक्षाको अग्रगामी शिक्षाविद् उमेको चुदाको तस्बिर हुनेछन्, त्यस्तै नयाँ १,००० येनको नोटमा टिटानसको सीरम थेरापी विकास गर्ने माइक्रोबायोलोजिस्ट शिबासाबुरो कितासातोको तस्बिर रहने छ।

तीनवटा नोटको पछाडिको भागमा क्रमशः टोकियो स्टेसन भवन, विस्टेरिया र कलाकार काचुसिखा होकुसाईले बनाएको माउन्ट फुजी र छालको संयोजन सहितको चित्रहरू रहनेछन् । साथै ति नोटहरुमा जालसाजी रोक्न एक विशेष होलोग्राम समावेश हुनेछ। जो हालसम्मकै उत्कृष्ट होलोग्राम भनिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार