टोकियो/जापान।भोलि(जुन २९ तारिख)जापानको पश्चिम तथा पूर्वी भूभागका अधिकांस स्थानहरुमा भारी वर्षा हुने मौसमी पूर्वानुमान गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, पश्चिमी जापानदेखि पूर्वी जापानसम्मको ठूलो क्षेत्रमा मौसम अत्यन्तै अस्थिर भएको छ। कुमामोतो प्रिफेक्चरमा वर्षाको बादलहरू विकसित भएका छन्। जसले गर्दा ति क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ। यसका साथै २९ तारिखसम्म जापानका अन्यत्र पनि भारी वर्षाको सम्भावना रहेको छ।वर्षाका कारण पहिरो,होचोँ भूभागमा बाढी एवं चट्याङ र हावाहुरीको जोखिम रहेको बताईएको छ।

पश्चिमा जापानमा आज (२८ तारिख)देखिनै मौसमीमा बदली आईसकेको छ भने,पुर्वी जापानमा २९ तारिख दिउँसोबाट कतिपय स्थानहरुमा भारी वर्षा हुनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार