टोकियो/जापान। २९ तारिखमा पनि जापानी येन अबमुल्यन हुने क्रम रोकिएन। न्युयोर्कको विदेशी विनिमय बजारमा फेडरल रिजर्भ बोर्डले ब्याजदर बढाउने संकेत गरेसंगै २७ तारिखबाट थप ओरालो लागेको जापानी येन २९ तारिख पनि थप कमजोर बनेको छ। अस्थायी रूपमा १ डलर बराबर १४४ येनको दरमा कारोबार भएको छ।

अघिल्लो वर्ष ऐतिहासिक रुपमा कमजोर बनेको येन यस वर्षको सुरुवातदेखि केहि सुधारको बाटोमा देखिँदै आएकोमा पुनः ऐतिहासिक कमजोर बनेको बिन्दुतर्फ उन्मुख हुन थालेको छ।

त्यस्तै,डलरसंग निरन्तर घटिरहेको जापानी येन युरोसंग पछिल्लो १५ वर्षयताकै कमजोर बन्न पुगेको छ । २९ तारिख पनि प्रति १ युरो किन्न १५८ येनसम्म तिर्नुपर्ने अवस्था देखियो। यसले जापानको आयात व्यवसाय तथा विप्रेषण गर्ने विदेशी नागरिकहरु थप समस्यामा पर्न थालेको निष्कर्ष निकालिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार