सिजुओका/जापानन। आज (६ तारिख) बिहान करिब ३ बजेतिर सिजुओका सहरको सिमिजु वार्डस्थित राष्ट्रिय राजमार्गको ‘सेसेई बाइपास’ निर्माणस्थलमा निर्माणाधीन एलिभेटेड सडकको फेदमा रहेको स्टिलको फ्रेम खस्दा ८ जना कामदार घाइते भएका छन् । आपतकालिन् उद्दारमा पुगेको दमकल विभागका अनुसार ८ जना मध्ये १ जनाको मृत्यु भएको छ भने अर्का १ जना अचेत र चिन्ताजनक अवस्थामा छन् ।

प्रहरीका अनुसार उक्त स्थानमा बाइपास सडकमा एलिभेटेड सडक निर्माणको काम भइरहेको भएपनि निर्माणाधीन सडकको जगको भागको स्टिल फ्रेम (करिब ५० मिटर लम्बाइ र करिब ५ मिटर चौडाइ) खसेको थियो । सोहि क्रममा निर्माण कार्यमा रहेका ८ जना मजदुर घाइते भएका हुन् ।

उक्त घटनास्थल तोमेइ एक्सप्रेसवेको सिमिजु जंक्शनबाट ३०० मिटर दक्षिणी तर्फ हो । सो क्रममा त्यहाँ लगभग ३० जना मानिसहरु काम गर्दै थिए।

यस अघिको अपडेट

६ तारिख बिहानै सिजुओकाको एक निर्माणाधीन सडकमा दुर्घटना हुँदा ८ जना घाईते,२ जनाको अवस्था गम्भीर


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार