टोकियो/जापान। हिजो (६ तारिख) राति करिब ११ः१० बजे टोकियोको नेरिमा वार्डको तोयोतामाकिताको कन्विनिएंस स्टोरमा एक ६० वर्षका पुरुषले एक ४० वर्षकी महिलालाई लेखेट्दै चक्कु प्रहार गरेको बताईएको छ।
महानगरीय प्रहरी विभागका अनुसार ४० वर्षकी एक महिलालाई ६० वर्षका पुरुषले पेटमा छुरा प्रहार गरी हत्याको प्रयास गरेता पनि ति महिलालाई तुरुन्त अस्पताल पुर्याएको र चोटपटक लागेपनि खतरामुक्त रहेकी छिन् ।
नेरिमा प्रहरी चौकीका अनुसार ती व्यक्ति करिब १८० सेन्टिमिटर अग्लो थिए। उनले चक्कु जस्तो देखिने धारिलो हतियार लिएर पैदलै भागेको बताइएको छ ।यस घटना तोएओएदो लाईनको नेरिमा स्टेशनबाट करिब १०० मिटर दक्षिणतर्फ रेस्टुरेन्टहरु भएको ठाउँमा घटेको हो ।
घटनाको समयमा कन्विनिएंस स्टोर नजिकै रहेका ४० वर्षका एक पुरुषका अनुसार राति ११ बजेतिर एउटी महिला बचाउ !भन्दै कराउँदै उनको अगाडि दौडेकी थिइन् ।उक्त व्यक्तिले कन्विनिएंस स्टोर नजिकै महिलालाई छुरा प्रहार गरे र भागेकी महिलालाई लखेट्दै पछ्याए। केही बेरपछि त्यो मान्छे बाहिर निस्कियो ।त्यतिखेरसम्म महिलाको शरिरबाट रगत बगिरहेको थियो ।
एक जना प्रत्यक्षदर्शीका अनुसार ति महिला नजिकै रहेको फिलिपिन्स पवसंग सम्बन्धित व्यक्ति हुन् । उनि त्यहि पवबाट बाहिर निस्केर भागेकी थिइन भने उनलाई अर्को पुरुषले लेखेटेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




