यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी-चोस्थित इमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ।

संगै पौडि खेलीरहेका २ जना साथीहरु बेपत्ता भएको भन्दै आज(१८ तारिख)अपरान्ह ४ः३० बजेतिर आपतकालिन् उद्दार सेवा(दमकल) लाई फोन गरिएको थियो। खबर पाए लगत्तै घटनास्थलमा पुगेको उद्दारकर्ताहरुले उनिहरुलाई अचेत अवस्थामा उद्दार गरि अस्पत्ताल लगिएको थियो। यद्यपी,अस्पत्ताल पुर्याए लगत्तै २ जनाको मृत्यु भएको घोषणा गरिएको थियो।

समाचारका अनुसार घटना स्थलमा पुगेका प्रहरी तथा उद्दारकर्ताहरुले ति दुबै जनालाई करबि २ मिटर गहिराईमा डुबेको अवस्थामा भेट्टाएका थिए। ति दुबै २० वर्ष(२० देखि ३० मुनिका)उमेर समूहका नेपाली नागरिक भएको बताईएको छ। यद्यपी,यो समाचार तयार पार्दा सम्म ति नेपाली युवाहरुको विवरण भने खुलेको छैन।

स्थानीयबासीहरुको भनाई उद्रित गर्दै प्रकाशित खबरका अनुसार उक्त खोलाको सो स्थानमा पानीको बहाब खासै नभएको तर कतै कतै गहिरो ठाउँ भने रहेको छ। त्यो क्षेत्र पौडी खेल्नका लागि खासै सुरक्षित मानिदैन थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार