टोकियो/जापान। गत वर्ष झण्डै ५४ करोड जापानी यात्रुहरूले टोकियो भ्रमण गरेको एक रिपोर्ट सार्वजनिक भएको छ। महानगरीय सरकारले गरेको सर्वेक्षणले कोरोना संक्रमण फैलिनुअघिको वर्षको जस्तै स्तरमा मानिसहरु घुमफिरमा निस्किएको देखाएको छ।

प्रत्येक वर्ष, टोकियो महानगर सरकारले प्रत्येक तीन महिनामा टोकियोमा रहेका पर्यटकसंग सम्बन्धित काम गर्ने संस्थाहरुमा सोधपुछ गरी यात्रुहरूको संख्या अनुमान गर्दछ र हालै गत वर्षको सर्वेक्षणको नतिजा संकलन तथा जारी गरिएको थियो।

सो सर्वेक्षण अनुसार जापानी यात्रुको संख्या करिब ५४ करोड २६ लाख ७० हजार रहेको देखिएको छ। जुन कोरोना संक्रमण फैलिनुअघिको वर्षको तुलनामा ०.१ प्रतिशतले मात्रै कम हो ।

यसका साथै,टोकियो घुम्ने विदेशी पर्यटकको संख्या करिब ३३ करोड १ लाख देखिएको छ।जुन सङ्क्रमण फैलिनुअघिको तुलनामा करिब ७८ प्रतिशतले कमी हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार