साईतामा/जापान। जापानको साइतामा प्रिफेक्चरको उरावा नगरको,एक कन्विनिएंस स्टोरमा काम गर्ने ३० वर्षिया नेपाली युवती नम्रता तिमिल्सिनाले आफ्नो पसलमा इलेक्ट्रोनिक पैसा( ईलेक्ट्रोनिक मनि/पे कार्ड)किन्न आएकी वृद्धालाई ठगि हुनबाट जोगाएको भन्दै, सम्मानित भएकी छिन् ।
साईतामा प्रिफेक्चरको किता उरावा हिगायी गुचीमा रहेको फ्यामिलीमार्टमा पार्ट टाईम जब गर्ने नम्रतालाई,वृद्धालाई ठगिमा पर्नबाट जोगाएको भन्दै साईतामा प्रिफेक्चर,उरावा प्रहरीले कृतज्ञता पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
प्रहरीका अनुसार यहि जुलाई महिनाको ४ तारिख दिउँसो ३ः३० बजे पसलमा आएकी ७० वर्षिया एक महिलाले १० हजार येन मूल्यको इलेक्ट्रोनिक पैसा(पे कार्ड)किन्न अनुरोध गरिन् ।यस्ता वृद्ध/वृद्धाहरु ठगिमा परेका घटनाहरु सार्वजनिक भइरहने जापानमा,नम्रताले शंका लागेर,ति वृद्धासंग किन किन्न लागेको लगायतका विवरण सोध्दा उनले जवाफमा आफ्नो मोवाईल फोनको म्यासेजमा त्यो १० हजार लगानी गरेर दुई लाख येन प्राप्त गर्नसकिने जानकारी आएकाले किन्न लागेको बताएपछि,त्यो ठगि हुनसक्ने भन्दै प्रहरीलाई फोन गरिएतो थियो। जसको कारण उनि ठगिनबाट जोगिइन ।
जापानमा पछिल्ला केहि वर्षयता यस्ता वृद्ध/वृद्धा लक्षित विद्युतिय ठगिका घटनाहरु बढिरहेका छन्। त्यसैले कतिपय स्थानमा,प्रहरीले पसलमी यस्ता ईलेक्ट्रोनिक पैसाहरु किन्न आउने वृद्ध/वृद्धाहरुलाई शंका लागेमा एक पटक सोध्नका लागि पसलमा काम गर्नेहरुलाई अनुरोध पनि गर्दै आएको छ। जापानमा हालसम्म, यस्ता ठगिबाट जोगाउने दर्जन नेपालीहरु युवा/युवतीहरु जापान प्रहरीबाट सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




