टोकियो/जापान। सन २०२१ अक्टोबर ३१ तारिख साँझ टोकियोको एउटा गुडिरहेको र्यापिड ट्रेनमा चक्कु प्रहार तथा आगजानी गराउने २६ वर्षिया युवालाई टोकियो जिल्ला अदालतलले २३ वर्षको जेल सजाय सुनाएको छ ।
क्योता हात्तोरी नामका ति युवाले केइओ कर्पोरेशनको केइओ लाइनमै गुडिरहेको र्यापिड ट्रेनमा रहेका १३ यात्रुलाई छुरा प्रहार गरी आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लागेको थियो । सोहि आरोपमा जारी मुद्दाको फैसला गर्दै टोकियो जिल्ला अदालतले त्यस्तो सजाय सुनाएको हो ।
सरकारी वकिलहरूले मुद्दामा २५ वर्ष कैद माग गरेका थिए भने आरोपीका वकिलहरुले अधिकतम १२ वर्षको जेल सजायसम्म हुनसक्ने तर्क गर्दै बहस गरेका थिए। उनिहरुको दावी थियो कि, आगजनी गराएको घटनाले हत्याको प्रयासलाई प्रस्ट गर्दैन। तर त्यसका बाबजुद अदालतले २२ वर्षको जेल सजाय सुनाएको हो ।
जेल सजाय सुनाइएको हत्तोरीले, सन २०२१ को अक्टोबर ३१ तारिोक साँझ ७:५५ बजे सुरु भएको घटनाम ७० वर्षिया एक यात्रुको दाहिने छातीमा छुरा प्रहार गर्नुका साथै अन्य १२ जनातर्फ हल्का इन्धन खन्याएर जिप्पो लाइटरले आगो लगाएका थिए। अभियोग अनुसार बिना उदेश्य ट्रेनमा सवार यात्रुहरुलाई मार्ने प्रयास गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




