ओकिनवा/जापान। मौसम विज्ञान एजेन्सीका अनुसार,ठूलो र अत्यन्त शक्तिशाली ताईफु(台風)नम्बर ६,जापानको ओकिनवाको नाहा शहरको दक्षिणपूर्व समुन्द्रबाट पश्चिम तर्फ सर्दैछ,अहिले ओकिनावाको मुख्य टापु क्षेत्रलाई आँधीबेरीले घेरिरहेको छ र ओकिनावा प्रिफेक्चरका कतिपय स्थानहरुमा हिंस्रक हावाहुरी चलिरहेको छ।

शक्तिशाली ताईफु(台風)६,आज १ तारिखदेखि भोलि २ तारिखसम्म ओकिनावा मूख्य क्षेत्रमा पुग्ने छ, र यसले हिंस्रक हावाहुरी सिर्जना गर्नेछ। अपेक्षा गरेअनुसारकै शक्ति कायम रहे,यसले ओकिनवा क्षेत्रमा भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ।

केन्द्रीय वायुमण्डलीय चाप ९३० हेक्टोपास्कल केन्द्र नजिक हावाको अधिकतम गति ५० मिटर र अधिकतम तात्कालिक हावा गति ७० मिटर रहेको ताईफु ६ कारण हिजोदेखनै ओकिनवाका केहि स्थानहरुमा प्रभाव देखिण थालेको छ।

आँधीका कारण ओकिनावाका धेरै यातायात सेवाहरू रद्द वा निलम्बन गरिएका छन्। भोलि २ तारिख यसको ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ । भोलि नाहा र मियाकोबाट प्रस्थान गर्ने तथा त्यसतर्फ जाने सबै उडानलगायत धेरै उडानहरू रद्द गरिएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार