टोकियो/जापान । आज प्रतिक्षित नेपथ्य व्याण्डको लाईभ कन्सर्ट टोकियोमा आयोजना हुँदैछ । राजधानी टोकियोको तोयोसु पिट हलमा आज मंगलबार साँझ ६ बजे नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुन लागेको हो ।
टोकियोमा नेपथ्य व्याण्डको कन्सर्ट आयोजना गरेको भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेका अनुसार कन्सर्ट आयोजनाको सम्पूर्ण तयारी सकिएको छ ।सोमबार नै कन्सर्टको लागि साउण्ड चेकिङ, लाइटिङ, स्टेज सेटअप, हलमा प्रवेश सहित टिकट चेकिङ व्यवस्था सबै सम्पन्न भएको छ ।
सोमबार साँझसम्ममा अनलाइन मार्फत टिकट खरिदको भुक्तानी १५ सय नाघेको र दोहोरो बुकिङ भएका झण्डै १ हजार टिकट रद्द गरिएको आयोजकले जनाएको छ । टिकट खरिदका लागि तोकिएको लोकल सिबुया रेष्टुरेण्ट सिबुया र काठमाडौं लाउञ्ज एण्ड बार ओकुबोबाट समेत गरि ७ सय भन्दा बढि टिकट विक्रि भएको छ । सोमबार अबेरसम्ममा भिजोनिया कम्पनी र भिआइपि टिकट विक्रि समेत गरेर टिकट २३ सय ५० विक्रि नाघेको कम्पनीले जनाएको छ ।
तोकिएका ठाउँबाट मंगलबार बिहानसम्म टिकट विक्रिको लागि समय तोकिएको र टिकट विक्रिको प्रतिबद्धता सहित लगेको समेत गरि २९ सय टिकट बजारमा रहेको आयोजकले जनाएको छ ।
कन्सर्ट आयोजना हुने तोयोसु हलको क्षमता करिव ३,५०० रहेकाले हलमा करिव ३ सय टिकट विक्रिका लागि उपलब्ध हुने देखिएको छ । आयोजकले अनलाईन टिकट खरिद गर्न समस्या भोगेका, टिकट खरिदका लागि टाढा परेकाले कन्सर्ट हलमानै खरिद गर्ने जस्ता कारण ३ सय भन्दा बढि व्यक्तिले अनुरोध गरेको जनाएको छ ।
तर टिकट बुकिङ मात्र गराएर टिकट उपलब्ध गराउन नसकिने जनाउँदै कन्सर्ट स्थलमा पहिला आउने व्यक्तिलाई पहिलो प्राथमिकतामा टिकट उपलब्ध गराउने आयोजकले जनाइएको छ ।
टिकट खरिद गर्न बाँकी व्यक्तिलाई मध्यनजर गरेर दिउँसो ३ बजेबाटनै कन्सर्ट हल परिसरमा टिकट उपलब्ध हुने भएकाले समयमै उपस्थित भएर टिकट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ । कन्सर्ट हलमा तोकिएको क्षमता भन्दा एकजनापनि बढि दर्शक प्रवेश नपाउने भएकाले टिकट खरिद गरेका सबैमा आयोजकले समयमै उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
कन्सर्ट हल ५ बजेबाट प्रवेश खुला हुने र ठिक ६ बजेबाट नेपथ्य व्याण्डको प्रस्तुती सुरु हुनेछ ।
अनलाईन मार्फत टिकट खरिद गरेका सबैलाई अनिवार्य क्युआर कोडको प्रिन्ट मोबाइलमा स्क्रिन सट वा पिडिएफ मध्ये कुनै एउटा लिएर आउन अनुरोध गर्दै डेस्टिनि क्रियशनका इभेन्ट म्यानेजर अशिम बस्नेतले एउटा क्युआर कोड एकपटक मात्र स्क्यान गर्न मिल्ने भएकाले एकैपटक धेरै टिकट खरिद गरेका व्यक्तिलाई पिडिएफमा रहेको फरक फरक क्युआर कोड एक एक जनाले लिएर आउन समेत आग्रह गरेका छन् ।
सोमबार सम्म सामान्य तर्फ ६,००० येनमा उपलब्ध गराइएको टिकट कन्सर्ट स्थलमा ७,००० येनमा खरिद गर्न सकिनेछ ।
भिआईपी तर्फको टिकट नेपथ्य व्याण्डको टिसर्ट र नेपालको राष्ट्रिय झण्डा सहित १ मान येन रहेको छ । भिआईपी टिकट खरिद गर्ने व्यक्तिहरुले स्टेजको पहिलो लहरमा रहेर नेपथ्य व्याण्डको सांगितिक प्रस्तुतीको विशेष मजा लिनसक्नेछन् ।
नेपथ्य व्याण्डको टोकियो कन्सर्टको व्यवस्थापन डेस्टिनि क्रियशनले गरिरहेको छ ।
नेपथ्य व्याण्डले टोकियो सहित फुकुओका र ओसाका शहरमा पनि सांगितिक प्रस्तुती पस्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




