टोकियो/जापान। विश्वप्रसिद्ध पर्वातारोही जापानी नागरिक केन नोगुचीको पिक एड केन नोगुची फाउन्डेसनको आर्थिक सहयोग तथा उपकार फाउन्डेसन नेपालको सहयोगमा नेपालको विद्यालयमा पुस्तकालयका लागि पुस्तक तथा खेलकुद एवं शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ।

उपकार फाउन्डेसनका उपकार गोदार थापाले बताए अनुसरा यहि, श्रवण २३ गते(अगस्ट ८ तारिख)श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला-२, स्थानचौरको प्राङ्गणमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक पर्वतारोही नोगुची केन (Peak Aid , Ken Noguchi´s Foundation Japan) को आर्थिक सहयोग एवम् उपकार फाउण्डेशन नेपालको आयोजनामा श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण र सोही विध्यालय लगायत अन्य छिमेकी विद्यालयहरु( श्री शिवालय आधारभूत विद्यालय, श्री खहरे आधारभूत विद्यालय, श्री काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृह) का गरी ४०० जना भन्दा बढि बिद्यार्थीहरुलाई खेलकुद सामाग्री एवम् शैक्षिक सामाग्री (रू.१० लाख बराबर) वितरण गरिएको हो ।

कार्यक्रममा फेदीखोला-२, खहरे निवासी क्यान्सर रोगबाट पीडित भई भारतको नयाँ दिल्लीमा उपचाररत पूजा अधिकारी कार्कीलाई नगद रु. १०,०००/- समेत प्रदान गरिएको थियो भने विद्यालयमा नि:शुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिनु भएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष नेत्रबहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियो। उपकार फाउण्डेशन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष अविलास गुरुङले पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी नोगुची केन जस्ता महान् दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए। फेदीखोला शिक्षा शाखा प्रमुख श्री रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा नोगुची केनको अमूल्य देन रहेको बताए। समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए । सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले पर्वतारोही नोगुची केन र उपकार जस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाए ।

शिक्षक पार्वती कार्कीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन् भने शिव कुमार गौतम र चित्र बहादुर कार्कीले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए।तस्बिरहरुः


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार