टोकियो,जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्टको आयोजनामा योकोहामाको हिगासी कानागावाको कानक हलमा “तीज फेस्टिवल” हुने भएको छ ।
विभिन्न कारणबाट विदेशमा रहेको भएपनि नेपाल अनि नेपालीहरूको धर्म, कला, संस्कृति अनि रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ आउँदो सेम्टेम्बर १८ तारिक (असोज १ गते) सोमबारका हरितालिका तीजको दिनमा नै तीज फेस्टिवलको आयोजना गरिएको कोकोरोका संचालक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।
हस “हामीले यो पटकको तीज फेस्टिवललाई साँगीतिक विशेषका रूपमा मनाउने जमर्को गरेका छौं”,कोकोरोका अर्का संचालक खेमप्रसाद पौडेल भन्छन्,”सकेसम्म धेरै जना नेपाली दिदी,बहिनी र दाजु-भाईहरूको सहभागिता हुन सकोस् भन्ने चाहनाका साथ जापानको पनि सार्वजनिक विदाको दिन पारेर तीज फेस्टिवलको आयोजना गरेका छौं ।”
सो तीज फेस्टिवलका लागि अहिलेसम्म नेपालबाट चर्चित गायक रमेशराज भट्टराई र जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा के.सी., अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहने निश्चित भईसकेको जानकारी दिदैं कोकोरोका अर्का संचालक अमित सापकोटाले नेपालबाट अझै चर्चित र लोकप्रिय गायक/गायिकाहरूको सहभागिताका लागि पहल भईरहेको बताए ।
कोकोरो ईन्टरटेन्टमेन्ट जापान स्थापनाको औपचारिक घोषणा तथा उद्घाटन समारोहका सन्दर्भमा पहिलो पटक आयोजना गरिएको छक्का-पञ्जा ४ को योकोहामा रिलिजमा नै दर्शकहरूको हाउसफूल उपस्थितिले अझै थप कार्यक्रमहरू गर्नका लागि हौसला अनि उत्प्रेरणा मिलेको जानकारी गराउँदै आगामी तीज फेस्टिवलको उच्च सफलतामा जापानवासी नेपालीहरूको साथ, सहयोग र सहभागिता रहने विश्वास लिईएको कोकोरो इन्टरटेन्टमेन्ट-जापानले जनाएको छ ।
“शुरूदेखि अन्तिमसम्मै,गरि दिन्छौं हामी जम्मै” भन्ने नारा नै बनाएर कोकोरोले कुनैपनि कार्यक्रम वा समारोहको आयोजकहरूसंग मिलेर सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी लिदैं आएको र दिदैं जानेपनि संचालकहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




