टोकियो/जापान। टोकियो विदेशी विनिमय बजारमा १५ तारिख मंगलबार जापानी येनको विनिमय दर डलरको तुलनामा उच्च १४५ येनको स्तरमा झर्यो । यो गत वर्ष नोभेम्बरदेखि करिब नौ महिनामा पहिलो पटक डलरको तुलनामा येनको उच्च अवमूल्यन भएको हो।

हिजो साँज ५ः०० बजे सम्म, येन विनिमय दर डलरमा १४५.८० देखि १४५.८१ येन थियो यो । यो अघिल्लो दिनको तुलनमा १.१ येनले गिराव आएको हो ।

केहि महिनायता डलरको तुलनामा जापानी येन निरन्तर घट्दो गतिमा छ । अघिल्लो साता अमेरीकी व्याजदर बढे लगत्तै लगानीकर्ताहरु जापानी येन बेचेर डलर किन्ने लाईनमा छन् ।

जापानी येन निरन्तर अवमूल्यन हुँदा पनि जापान सरकार तथा केन्द्रिय बैंक भने अझै मौन नै छ। यद्यपी,यहि अनुपातमा येनको अबमूल्यन कायम रहे अघिल्लो वर्ष जस्तै सरकारले बिनिमय बजारमा प्रत्यक्ष हस्तक्षेप गर्नसक्ने आँकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार