टोकियो/जापान। जापान भौतिक तथा सुचनाप्रविधिको विकासमा जति अगाडी छ। त्यहि अनुपातमा यहाँ थुप्रै आश्चर्य जनक र अपत्यारिला गतिविधिहरु पनि देख्न सकिन्छ। त्यस्तै टोकियो भित्र रहेको एउटा फरक आकर्षण हो,मोबाईल फोनको पर्खाल(भित्ता)।

टोकियोको एउटा सेलोफोन बिक्रेताले,आफ्नो पसलका सबै भित्ताहरु मोबाईल फोनले कभर गरिदिएका छन्। जहाँ जापानी तथा जापान आईपुग्ने विदेशी पर्यटकहरुको फोटो खिचाउने भिड नै हुने गर्दछ।

यो टोकियोको एदोगावा नगरभित्रको मिनामी कोईवा वातादेन ८-२६-२ मा अवस्थित छ। यहाँ विक्रेताले पछिल्लो २० वर्षको अवधीमा संकलन गरेका मोबाईल फोन सेटहरुलैई भित्ताभरी टासिँदिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार