टोकियो/जापान। जापानको राजधानी टोकियोको इकेबुकुरोमा रहेको एउटा भवनको एउटा कम्पनीले भाडामा लिएको कोठामा दुईजना व्यक्तिहरु बलजफती प्रवेशगरी एक कर्मचारीलाई स्प्रेजस्तो पदार्थ छर्केर लाखौं येन नगद लिएर भागेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । अहिले ति लुटपाटमा संलग्नहरुलाई प्रहरीले खोजि गरिरहेको छ।
२१ तारिख दिउँसो ४ बजेतिर तोशिमा वार्डको इकेबुकुरोमा रहेको भवन निर्माण कम्पनीले भाडामा लिएको तेस्रो तल्लाको कोठामा दुईजना व्यक्ति प्रवेश गरी कोठामा रहेका एकजना पुरुष कर्मचारीलाई स्प्रेजस्तो पदार्थ छर्केर,त्यस कोठामा रहेको झोलामा राखिएको लाखौँ पैसा लिएर फरार भएको बताईएको छ।
उक्त घटनामा कर्मचारीलाई भने भौतिकरुपमा कुनै चोटपटक नलागेको र उसले नजिकैको प्रहरी बिटमा गएर लुटपाटरो रिपोर्ट गरेको उल्लेख गरिएको छ।
घटना इकेबुकुरो स्टेशन नजिकैको हो । महानगरीय प्रहरी विभागले वरपरका सुरक्षा क्यामेराहरू हेरी,लुटपाटको घटनाको रूपमा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




