टोकियो/जापान। जापानमा एकैसाथ ३ वटा ताईफु(台風) प्रवेश गर्दैछ।यसले जापानका विभिन्न भूभागमा प्रभाव पार्नसक्ने मौसमी पुर्वानुमान गरिएको छ।

अत्यन्तै शक्तिशाली ताईफु नम्बर ९ फिलिपिन्सको पूर्वबाट दक्षिण चाईना सागरतर्फ सर्दै छ भने ताईफु नम्बर १० बिस्तारै जापानबाट अलि पर विशेष ट्रपिकल आँधीमा परिणत हुने अपेक्षा गरिएको छ। त्यस्तैगरि ताईफु नम्बर ११ बिस्तारै विकसित हुँदै जाँदा उत्तरतिर सर्नेछ, र यो ३१ तारिख बिहीबार देखि सेप्टेम्बर २ तारिख शनिबारसम्म तीव्र हावासहित ओकिनावा क्षेत्रसम्म पुग्ने जोखिम रहेको छ।

शक्तिशाली मानिएको ताईफु नम्बर ९ फिलिपिन्सको उत्तरपश्चिम पूर्व र दक्षिण चीन सागरमा सर्नेछ। आँधीले ओकिनावामा सीधै प्रहार नगर्ने तर ओकिनावाको साकिजिमा टापुहरू वरपरको समुद्रमा २९ तारिख मंगलबार बाट उच्च छालहरू आउने सम्भावना रहेको छ।

ताईफु नम्बर १० पूर्वी जापानहुँदै पूर्वतिर सर्दैछ र आज राती विशेष आँधीमा परिणत हुने अपेक्षा गरिएको छ। यो बिस्तारै जापानबाट पर हुँदै जाने अनुमान गरिएको छ, तर उत्तरी जापानको प्रशान्त महासागर किनारामा, हावाहुरी तीव्र रूपमा चल्नेछ र छालहरू आउनेछ।

ताईफु नम्बर ११ विकशित हुँदै उत्तरतर्फ सर्ने क्रम जारी रहनेछ, र यो ३१ तारिख देखि सेप्टेम्बर २ तारिख सम्म तीव्र हावासहित ओकिनावा क्षेत्रसम्म पुग्ने जोखिम छ। ओकिनावा क्षेत्रमा तीव्र हावाका कारण ३१ तारिख देखि सेप्टेम्बर २ सम्म आँधीबेरीको जोखिम छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार