टोकियो/जापान। जापानको फुकुशिमा नजिकै बसोबास गर्ने १०० भन्दा बढी मछुवारा र स्थानीयहरूले यसै साता आणविक उर्जाकेन्द्रबाट आणविक विकिरणहरु मिसिएको प्रशोधित पानी प्रशान्त महासागरमा मिसाउने सरकारको कार्य विरुद्धमा मुद्दा दायर गरेका छन्। उनिहरुले तत्काल समुद्रमा पानी छोड्न बन्द गराउने माग गरेका छन् ।

सन २०११ को भुकम्प तथा त्यस पश्चात आएको सुनामीका कारण(संसारको सबैभन्दा खराब आणविक दुर्घटनाहरू मध्ये एक मानिने)फुकुशिमा आणविक भट्टीका १ नम्बर रियाक्टरमा सिर्जित उच्च तापलाई चिस्याउन प्रयोग गरिएको पानी १२ वर्ष पछि, जापानले गत २४ तारिखबाट प्रशान्त महासागरमा मिसाउन थालेको छ।

जापान सरकारको यस कदमको चाईना तथा दक्षिण कोरियामा व्यापक विरोध भइरहेको छ। यस संगै जापानको सामुद्रिक खानाको सबैभन्दा ठूलो निर्यात गन्तव्य चीनले आयातमा पूर्णरुपमा रोक लगाइसकेको छ। यहि क्रम रहे जापानको सामुद्रिक खानाको व्यापार विश्वभर संकटमा पर्नेछ।

जापानले भने,सम्पूर्ण वैज्ञानिक परिक्षणका चरणहरु पार गरि,सामुद्रिक तथा मानव जिवन दुवैमा प्रत्यक्ष असर नगर्ने अत्यन्तै पातलो तह बनाएर समुद्रमा मिसाएको दाबी गर्दै आएको छ।

चीन तथा दक्षिण कोरिया लगायतका निर्यात बजारमा जापानी माछा तथा समग्र समुद्री खानाहरुको आयातमा रोक लगाएपछि जापानका माछा संकलन, प्रशोधन तथा व्यापारमा संलग्न व्यवसायीहरुको संघले जापान सरकालाई पानी समुद्रमा मिसाउने कामलाई तत्काल रोक्न माग गर्दै अदालती प्रकृया अघि बढाइएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार