टोकियो/जापान।अर्को वर्षको वसन्तमा उत्तीर्ण हुने उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू लक्षित रोजगारी परीक्षा यस महिनाको १६ तारिखबाट सुरु हुनेछ । यस जापानका पटक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि जागिर खुल्ला अनुपात ३.५२ गुणाले वृद्धि भएको छ। यो जापानमा उच्च माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुको रोजगारी तथ्याङ्क राख्न थालेपछिको उच्चतम माग को ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले श्रमिक अभावका कारण कम्पनीमा जागिरको प्रस्तावको संख्या बढेको बताएको छ। कोरोना महामारी पश्चात बिस्तारै उठ्दै गरेको व्यवसाय र त्यसका लागि आवश्यक श्रमशक्तिको बढ्दो मागले यस वर्ष,उच्च माध्यमिक तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई जागिर दिन चाहने कम्पनीहरु उच्चमात्रामा बढेका छन् ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार अर्को वर्षको मार्चमा रोजगारी खोज्न चाहने उच्च माध्यमिक तह उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या यस वर्षको जुलाईको अन्त्यसम्ममा १ लाख २६ हजार ६९ पुगेको थियो। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ हजार ३ सय ४७ यानेकी ५.५ प्रतिशतले कमी हो।

अर्कोतर्फ, कम्पनीहरूबाट रोजगार प्रस्तावहरूको संख्या ४ लाख ४४ हजार १ सय ८७ जना रहेको थियो। यो गत वर्षको सोही अवधिको तुलनामा ४२ हदार ७ सय ९३ जना यानेकी १०.७ प्रतिशतले बढेको छ ।

एकातिर जागिर दिन चाहने कम्पनीहरु बढेका छन् र सोहि अनुपातमा रोजगारी आह्वान संख्या पनि बढेको छ। तर पछिल्ला वर्षहरुमा स्नातक तहमा अध्ययन गर्न चाहनेहरु संख्या बढेकाले काम गर्न चाहनेहरुको संख्या भने घटेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार