ओसाका, जापान । दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि घुम्टे युवा परिवार जापानले हात पारेको छ ।
गल्कोट समाज जापान कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको दोस्रो गल्कोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा गलकोट स्पोर्ट्स क्लब टोकियोलाई २ का विरुद्ध शून्य सेटमा आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । त्यस्तै गलकोट समाज जापान र एनवाइएससीले सान्त्वनामा चित्त बुझाउनु परेको थियो । खेलमा प्रथम हुने टिमलाई ३ लाख ५५ हजार ५५५ नगदसहित गलकोट कप, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना हुने दुई टिमलाई नगद ५५ हजार ५५५ प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । उक्त भलिबल प्रतियोगितामा निलम सिंह वेस्ट प्लेयर, मनोज केसी वेस्ट डिफेण्डर र रमेश खड्का वेस्ट सेटरको उपाधी प्राप्त गरेका थिए भने उपविजेता टिम गल्कोट स्पोर्ट्स क्लव टोकियोबाट रेशम बस्नेतले वेस्ट स्पाईक र सुनिल बस्नेतले वेस्ट ब्लकरको उपाधी हात पार्नु भएको थियो । उक्त खेलाडीहलाई नगद सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष रामु साहानीले बताए ।
गल्कोट समाज जापानी केन्द्रिय अध्यक्ष कालिका थापको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय समिती कान्साई अध्यक्ष राम बहादुर साहानीको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो । उद्घाटन समारोहमा गल्कोट समाज कान्साईका उपाध्यक्ष नारायण थापाले स्वागत मन्तव्य राखेका थिए भने समाजसेवी तुल्सीराम खरेल, समाजका सल्लाहकार कुलबीर थापा लगायतका व्यक्तीत्वहरुले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार नरबहादुर थापाले गरेको, समाजका सचिव कौशल क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




