close-up on red emergency rotating beacons lighting on the roof of a japanese police car vehicle

योकोहमा/जापान। योकोहामामा शुक्रबार राति आफ्नै रामेन पसलको खाना खाने स्थानमा धारिलो हतियार प्रहारबाट ३३ वर्षीय रामेन पसल संचालको मृत्यु भएको छ।

प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट मृत्यु भएका ओहासीलाई कोनान वार्डमा रहेको उनको रामेन रेस्टुरेन्टमा उनकी आमाले साँझ ७ः१५ बजे फेला पारेकी थिइन् ।ओहाशीकी आमाले प्रहरीलाई बताए अनुसार उनलाई दिउँसो धेरै पटक फोन गर्ने प्रयास गरेको तर उनीसँग सम्पर्क हुनस नसकेपछि उनलाई खोज्दै ,उनको रेस्टुरेन्टमा पुगेकी थिइन् ।

जब उनले रेस्टुरेन्टमा छोराको ढलिरहेको अवस्थामा फेला पारिन,तत्काल त्यहि बाटोमा हिड्ने एक यात्रीलाई ११९ मा फोन गर्न अनुरोध गरि ओहाशीलाई अस्पताल लगियो तर, बचाउन सकिएन।

जापानी संचार माध्यमहरुले जनाए अनुसार,ओहाशीलाई उनकी आमाले रेस्टुरेन्टको काउन्टर सिट भएको सानो खानाखानो ठाउँको भुइँमा लडिरहेको अवस्थामा देखेकि थिइन् । उनको ढाड र पेटमा छुरा प्रहार गरिएको थियो भने रगतले लतपतिएको चक्कु भुइँमा थियो।

अहिले प्रहरीले सर्भिलेन्स क्यामेराहरुको फुटेजहरु संकलन गरि,घटनाको यथार्थ तथा हत्यारा पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार