टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ(Federation of International Nepalese Youth Entrepreneurs Japan- FINYE) जापानको आयोजनामा आईतार तारिख,टोकियोमा स्टार्टअप गरिरहेका तथा स्टार्टअपकोयोजना बनाएका युवाहरु लक्षित वर्कसप सम्पन्न भएको छ।

स्टार्टअपका अवसर तथा चुनौतीहरु (startup: Opportunities and challenges workshop) मा स्टार्टअप गर्दा आईपर्नेचुनौतीहरु,त्यसबाट प्राप्त हुने अवसरहरु,जापानका ठूला कम्पनीहरुले स्टार्टअपमा गरिरहेका अभ्यासहरु,स्टार्टअप गर्नुअघिका साबधानीहरु तथा विविध परिस्थितिहरुलाई कसरी सम्बोधन गर्ने भन्नेबारे,अनुभवी युवा उद्यमीहरुले  आफ्ना अनुभव तथा ज्ञानलाई प्रस्तुत गरेका थिए।

करिब २ दर्जन युवाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ(FINYE)जापानका अध्यक्षसुजन जोशीले कार्यक्रमको उदेश्य तथा  संस्थाको बारेमा जानकारी गराएका थिए भने,आजिनोमोतो कम्पनीका मानव संसाधनविभागका राजन न्यौपाने,ओपेक्स्पार्क इंकका बिष्णु प्रसाद खनाल (पिएचडी),जेपिएस इंकका सिइओ बिसेस्वर रेग्मी तथा होपईन्टरनेश्नल स्कुलका फाउन्डिङ चेयरम्यान बिजेन ज्ञावलीले आफ्ना अनुभव तथा ज्ञान सेयर गरेका थिए।

टोकियो किताकुको ओजीस्थित होकुतोपिआको सभाहलमा आयोजित कार्यक्रमलाई संचारकर्मी राजन गौतमले संचालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार