टोकियो/जापान। जापानको शिक्षा मन्त्रालयको सर्वेक्षणको पछिल्लो सर्वेक्षण अनुसार,अघिल्लो वर्ष जापानभरका प्रारम्भिक तथा जुनियर हाई स्कूलहरूमा अध्ययनरत २ लाख ९९ हजार ४८ जना विद्यार्थीहरू ३० दिन वा सोभन्दा बढी बिद्यालयमा गयल भए ।यतिधेरै विद्यार्थीहरु विद्यलयमा गयल भएको यो लगातार १० औं वर्ष हो ।

यस वर्षको मार्च २०२३ मा समाप्त भएको वर्षको तथ्याङ्कले अघिल्लो शैक्षिक वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भएको देखाएको छ। सर्वेक्षण अनुसार लगातार पछिल्लो दुई वर्षमा यसरी विद्यालय गयल हुने विद्यार्थीहरुको संख्या २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यसरी विद्यालय गयल हुनेहरु खासगरि विद्यालयले नै नआउन भनेपछि वृद्धि भएको देखिनेछ। यसरी त्यस समयमा विद्यालयहरूले विद्यार्थीहरूलाई विद्यालयमा नआउन भन्नुको कारणहरु मध्ये मुख्य कारण “विद्यार्थीहरुमा देखिने आलस्य तथा चिन्ताको भावना” थियो। जापानका प्रारम्भिक तथा प्राथमिक विद्यालयहरुले विद्यार्थीहरु थोरै मात्रै बिरामी भएपनि घरमै आरम गर्न भनिदिने गर्दछन् । यसले गर्दा विद्यालय गयल हुनेहरुको संख्या बढ्ने गरेको छ।

सर्वेक्षणको रिपोर्ट सार्वजनिक गर्दै,शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयप्रति जनताको धारणा बदलिँदै गएको र धेरै मानिसले अब हरेक दिन विद्यालय जान आवश्यक नरहेको बताएको छ । यहि कारणले पनि विद्यालय गयल हुने क्रम बढेको हो।

कोरोना महामारी पश्चात धेरै मानिसहरुमा बालबालिकाहरुलाई दैनिक स्कुल पठाउनै पर्छ भन्ने अवधारणा नै परिवर्तन भएको पछिल्लो सर्वेक्षणमा खुलेको छ। मानिसहरुमा हरेकदिन विद्याल नगए पनि अध्ययन पुरा हुने धारणा बनेको देखिन्छ ।

अनि तपाई चाहीँ आफ्नो बालबालिकाहरुलाई दैनिक स्कुल पठाउनुहुन्छ त ?


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार