टोकियो/जापान। जापानमा हरेक वर्ष काफुन्स्यो(पोलेन फिभर)को समस्या अत्याधिक बढ्नथालेपछि,काफुन्स्यो फैलाउने कारकको रुपमा लिने गरिएको सुगि जात(सल्ला प्रजाती)को रुख काटेर,त्यसको ठाउँमा अन्य रुख रोप्न थालिएको छ।

सल्ला प्रजातिको यो सुगि भनिने रुखबाट यसरी परागकणहरु फैलिने गर्दछ।/गुगल तस्बिर

केहि वर्षअघिदेखि जारी यस कार्यको,प्रधानमन्त्री फुमियो किशिदाले शनिबार इबाराकी प्रिफेक्चरस्थित हिताचीओमिया पुगेर सुगिको कटान तथा नयाँ बिरुवाहरु रोप्ने गतिविधिको प्रत्यक्ष अनुभव लिएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

जापानमा यो सिजनमा धेरैलाई सताउने काफुन्स्यो(花粉症)का लक्षण तथा रोकथामका उपायहरु (जानकारी)

उक्त अवसरमा प्रधानमन्त्री किशिदाले भने, – “म सुगिका रुख काट्ने र कम परागकण हुने प्रजातिका बिरुवा रोप्नका लागि जङ्गलको यो खण्ड सहित प्राथमिकताका क्षेत्रहरू तोक्नेछु।” सुगि रूखहरू धेरै परागकण हुने रुख हुन जसले जापानमा हरेक वर्ष लाखौँ मानिसहरुलाई बिरामी बनाउने गर्दछ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार