काठमाडौँ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट जापानका ददिवल खडका अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका खडका यस अघि वरिष्ठ उपाध्यक्ष थिए।

यसैगरी उपाध्यक्षमा जापानकै दिपक कार्की, सुर्जे भट्टचन, इ. नन्द गर्बुजा, हरी राम्जाली, किसान जि.सी, महिला उपाध्यक्षमा विष्णु बानियाँ, महासचिब सुनेश के.सी, सचिबमा हिक्मत श्रेष्ठ र निलमकुमार थापा, महिला सचिबमा संगिता थापा, कोषाध्यक्षमा नरेन्द्र फगामी, सहकोषाध्यक्षमा प्रेम छन्त्याल, युवा संयोजकमा जापानकै सचिन श्रेष्ठ, महिला संयोजकमा पुर्णिमा पाईजा, महिला उपसंयोजकमा नैना पुन तिलीजा र क्षेत्रीय संयोजकमा दिपु फगामी सर्वसम्मत चयन भएका छन्।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा शुक्रवारदेखि मोनाको पांचौं महाधिवेशन भएको थियो। महाधिवेशनले आगामी दुईबर्षे कार्यकालका लागि भावी कार्ययोजना तथा रणनीति तय गर्ने कार्यक्रम समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार