टोकियो/जापान। टोकियोको प्रख्यात शिबुया क्षेत्रमा यस सप्ताहन्तमा हेलोवीनको भिडभाड हुन नदिने भएको छ । स्थानीय सरकारले सिवुयामा हलोविन मनाउन नआउन स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आग्रह गरेको छ।
हलोविनको समयमा अत्यन्तै भिडभाड हुने सिवुयामा भिडभाड कम गराउन स्थानीय सरकारले शुक्रबार साँझदेखि नोभेम्बर १ तारिखसम्म सिवुया स्टेशन वरपरका सडकहरूमा मदिरापान प्रतिबन्ध घोषणा गरिएको छ। सरकारको आदेश पश्चात त्यस क्षेत्रका ३० भन्दा बढी पसलहरूलाई शनिबार र साँझको समयमा मदिरा बिक्री बन्द गर्न भनिएको छ।
“यस वर्ष, हामी विश्वलाई यो स्पष्ट गर्दैछौं कि सिवुया हेलोवीन कार्यक्रमहरूको लागि विशेष ठाउँ होइन,” मेयर केन हासेबेले एक पत्रकार सम्मेलनमा भने। “कृपया हेलोवीनको लागि सिवुया स्टेशन क्षेत्रमा नआउनुहोस्।”
सिवुया क्षेत्रका प्रतिष्ठित स्क्र्याम्बल क्रसिङ र अन्य क्षेत्रहरू वरपरको भीड अब कोरोनाभाइरस प्रतिबन्धहरू हटाइएपछि मानिसहरुको भिड अत्याधिक खतरनाक स्तरमा बढ्न सक्छ भन्ने डरको बीचमा मेयरले यस वर्ष हलोविन आउनु अगावै पटक-पटक सिवुयामा भिडभाड नगर्न सन्देशहरु जारी गरेका थिए।
अघिल्लो वर्ष हलोविनको समयमा कोरियामा भएको दुःखद घटना(मानिसहरुको भिड अत्याधिक भएका कारण निस्सासिएर थुप्रै मानिसहरुले ज्यान गुमाएका थिए)टोकियोको सिवुयामा पनि दोहोरिन सक्ने डरले मानिसहरुलैई सिवुयामा भिडभाड नगर्न आग्रह गरिएको हो ।
टोकियोको पर्यटकिय सहर सिवुयाले सुरु-सुरुमा होलोविन उत्सवहरूलाई स्वागत गरेको थियो। तर सन २०१८ मा
ट्रक पल्टाइने लगायत तोडफोड र मादक पदार्थ सेवनका घटनाहरु बृद्धि भएपछि हालका वर्षहरूमा वार्डले भिडभाड नगर्न विभिन्न उपायहरु कार्यन्वयन गर्दै आएको छ।
यसपटक हलोविनको भिडभाड कम गर्न शनिबार रातिदेखि मंगलबारसम्म करिब ३०० सुरक्षा गार्डहरू तैनाथ गरिने अपेक्षा गरिएको छ । जुन गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले बढेको छ, साथै करिब १५० वडा अधिकारीहरूले गस्ती गर्ने र सो क्षेत्रमा मद्यपान तथा धुम्रपान निषेध अध्यादेश लागू गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




